भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना

कर्णाली अनलाइन १३ जेष्ठ २०७९, शुक्रबार १०:५३

काठमाडौँ- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी हुन्।उनी निकट स्रोतका अनुसार काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्।

शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३-०१-०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो।टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद आरोप-प्रत्यारोप गर्ने थलो होइन : माधव नेपाल

१३ जेष्ठ २०७९, शुक्रबार १०:५३
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद आरोप-प्रत्यारोप गर्ने थलो नभएको बताएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष नेपालले एकले अर्कोलाई दोषारोपण गरेर पानीमाथि ओभानो बन्ने प्रयास गर्न नहुने बताए। ‘हामीले के गर्‍यौँ के गर्नुपर्छ भनेर आत्मसमिक्षा गर्नुपर्छ। यो आरोप र प्रत्यारोपले हामीलाई कहीँ पुर्‍याउँदैन। तसर्थ यो संसद […]