काठमाडौँ । सत्ता साझेदार दलमध्येको प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गरेका छन् ।
सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले संविधान अनुसार सरकार बनाउन पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको पनि दोहोर्याए ।
‘आज हाम्रो पार्टी सरकारमा छ,’ उनले भने, ‘भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । हुनत अहिले गठबन्धन नभई सरकार बन्दै बन्दैन ।’
सभापति देउवाले शिक्षकको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिनु भयो । विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरेपनि उनीहरुको हितमा धेरै काम गर्न नसकेको उहाँको स्विकारोक्ति थियो ।

