सार्वजनिक गाडीकाे भाडा १५ प्रतिशत बढ्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

कर्णाली अनलाइन २० चैत्र २०७८, आईतवार १२:५९

काठमाडौँ।सरकारले सार्वजनिक गाडीकाे भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको जनाएको छ ।

यस्तै मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ ।

अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्याेअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । असारयता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ । विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फोर्स गाडीको ठक्करबाट ट्राफिक प्रहरी घाइते

२० चैत्र २०७८, आईतवार १२:५९
सुर्खेत । सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट ट्राफिक प्रहरी जवान यज्ञबहादुर ढकाल घाईते भएका छन् । कोहलपुरदेखि छिन्चुतर्फ आउँदै गरेको भे. १ ज १०८६ नंं. को फोर्स गाडिले रत्नराजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५ मा ढकाललाई ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय नौमुले दरवन्दी रहेका ढकाल इलाका प्रहरी कार्यालय छिन्चुमा कार्यरत छन् […]