फोर्स गाडीको ठक्करबाट ट्राफिक प्रहरी घाइते

कर्णाली अनलाइन २० चैत्र २०७८, आईतवार १४:३७

सुर्खेत । सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट ट्राफिक प्रहरी जवान यज्ञबहादुर ढकाल घाईते भएका छन् । कोहलपुरदेखि छिन्चुतर्फ आउँदै गरेको भे. १ ज १०८६ नंं. को फोर्स गाडिले रत्नराजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५ मा ढकाललाई ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय नौमुले दरवन्दी रहेका ढकाल इलाका प्रहरी कार्यालय छिन्चुमा कार्यरत छन् । ढकालको कम्मरमा चोट लागेको छ, भने उनको स्थानीय भेरीगंगा पोलिक्लिनिकमा उपचार भई रहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । ब्रेक फेल भई अनियन्त्रित भएर ट्राफिक चेकिङमा रहेका ढकाललाई फोर्सले ठक्कर दिएको हो । गाडी र गाडी चालक राजेश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपासँग गठबन्धनबारे कुनै छलफल भएको छैन : विष्णु रिजाल

२० चैत्र २०७८, आईतवार १४:३७
सुर्खेत । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको चुनावमा केन्द्रबाटै कसैसँग गठबन्धन गरेर नजाने दोहो¥याएका छन् । उनले तालमेलको अधिकार जिल्लालाई दिइएको बताए । एमाले कर्णाली प्रदेश कमिटी बैठकमा सहभागी हुन सुर्खेत आएका नेता रिजालले कुनै जिल्लामा कसैसँग तालमेल गर्नु पर्ने भएको खण्डमा प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले […]

सम्बन्धित शीर्षक