डडेल्धुरा बस दुर्घटना : मृतककाे संख्या पाँच पुग्याे

कर्णाली अनलाइन ३० आश्विन २०८१, बुधबार १५:२६

धनगढी।डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको बस मंगलबार राति साढे १२ बजे डडेल्धुराको अमरगढीमा दुर्घटना भएको हो ।

घटनास्थलमा बुधबार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले बैतडीको पुर्चौडी नगरपालिका- १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट भेटिएको बताए ।

कंञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका- ७, खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ ।

पुर्चौडी-३ का ४५ वर्षीय जैमती बोहरा, दुई दिनका नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । अन्य घाइतेकाे उपचार भइरहेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ

३० आश्विन २०८१, बुधबार १५:२६
सुर्खेत । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी बस्ने ३८ […]