कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते

कर्णाली अनलाइन ४ श्रावण २०७९, बुधबार ०८:०३

धनगढी।कञ्चनपुरकाे पुनर्वासमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्।मंगलबार पुनर्वास नगरपालिका-२ अम्रैयामा एक जनाले खुकुरी प्रहार गर्दा ३ जना गम्भीर घाइते भएका हुन्।

प्रहरीका अनुसार घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय वीरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेका छन्। उनीहरूलाई पुनर्वास‍-२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएकाे छ।

खुकुरी प्रहार गर्ने सार्कीलाई खुकुरीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन्। उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरी नायब निरीक्षक खड्काले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज यी स्थानमा भारी वर्षा

४ श्रावण २०७९, बुधबार ०८:०३
काठमाडौँ ।आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको […]