आज यी स्थानमा भारी वर्षा

कर्णाली अनलाइन ४ श्रावण २०७९, बुधबार ०८:१३

काठमाडौँ ।आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ।बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ श्रावण २०७९, बुधबार ०८:१३
बर्दिया।जिल्लाको गेरुवा गाउँपालिका-६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका-१ का ३२ वर्षीय बसन्त थारु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो। नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई […]

सम्बन्धित शीर्षक