अखिल क्रान्तिकारी कालिकोटको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

कर्णाली अनलाइन ३ फाल्गुन २०७८, मंगलवार ०५:३८

सुरता बोहरा

कालिकोट।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट बिधार्थीहरुको भातृ संगठन अखिल (क्रान्तिकारी)को १३ औँ जिल्ला सम्मेलनको बन्दसत्रले नरेन्द्र प्रसाद आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।अध्यक्ष आचार्यको अध्यक्षतामा पदाधिकारी सहित ५१ सदस्य जिल्ला कमिटी गठन गरिएको छ ।

अध्यक्षमा नरेन्द्र प्रसाद आचार्य,उपाध्यक्षमा हिक्मत सिंह,उपाध्यक्ष खगेन्द्र मल्ल,उपाध्यक्ष राजन अधिकारी, उपाध्यक्ष प्रेम दर्जि रहेका छन भने सचिवमा सुरेश व्याकुरेल सहसचिवमा दिपक शाही,सहसचिव अस्मित बम, सहसचिव अन्जना महतारा,सहसचिव कमल शाही ,कोषाअध्यक्षमा पार्वती संज्याल रहेका छन।

फागुन १ गते जनयुद्ध दिवसको दिनमा जिल्ला सम्मेलनलाई उद्घाटन गरिएको थियो । उक्त उद्घाटनसत्रपछि जारी बन्दसत्रबाट व्यापक छलफल र बहस पश्चात ५१ सदस्य अखिल क्रान्तिकारी जिल्ला कमिटी सर्वसम्मत नेतृत्व चयन भएको छ ।५१ सदस्य जिल्ला कमिटी चयन हुदैँ जिल्ला सम्मेलन भव्यताका साथ सम्पन भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

८७ वर्षिया वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन

३ फाल्गुन २०७८, मंगलवार ०५:३८
काठमाडौं। वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ। आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा  ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ। […]