सुर्खेत । कर्णाली प्रदेशसभाका ११ वटा विधेयक निष्क्रिय भएका छन् । संसदीय समितिबाट विधेयक अघि बढ्न नसकेका कारण विधेयक निष्क्रिय भएका हुन् । कर्णालीका प्रदेश सभा सदस्यहरूको स्वार्थ बाझिएका कारण प्रक्रियामा नगएपछि विद्येयकहरू निष्क्रिय भएका हुन् । कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठानको विधेयकसहित अन्य १० विधेयकहरू सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएका छन् । ६४ विधेयकमध्ये ५३ विधेयक पारित भएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, दलित अधिकार प्रवर्द्धन सशक्तीकरण र विकास विधेयक, उपभोक्ता संरक्षण विधेयक, कृषि व्यवसाय प्रवर्द्धन विधेयक, नवप्रवर्तन अन्वेषण तथा आविष्कार, प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक, प्रदेश निजामती सेवाको गठन विधेयक, पूर्वाधार विकास प्राविधिकरण गठन विधेयक र पर्वतीय विज्ञान तथा प्राविधिक विश्वविद्यालय र शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक निष्क्रिय भएका छन् ।
झन्डै दुई वर्षअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली सूचना तथा आमसञ्चार प्रतिष्ठान विधेयक प्रदेशसभामा दर्ता ग¥यो । २५ कात्तिक २०७७ मा दर्ता भएको विधेयक सांसदहरूको सुझाव र संशोधन प्रक्रिया सकिए पनि प्रदेश मामिला तथा विधायन समितिमा अड्किएको छ । अघिल्लो कार्यकालमा दर्ता भएका विधेयकहरू अहिले आवश्यक परेको खण्डमा पनि प्रयोग गर्न सकिने सचिव बुढाथोकीले बताए ।