प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

कर्णाली अनलाइन ४ पुष २०७८, आईतवार ०४:३५

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।विगतमा जस्तै आफूहरु आइतबारका लागि बोलाइएको सर्वदलीय बैठकमा नजाने एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

उनले देश सञ्चारसँग भने, ‘माधवकुमार नेपालको पार्टी अवैधानिक हो भन्ने हाम्रो मान्यता परिवर्तन भएको छैन र यससम्बन्धमा अदालत तथा संसदले पनि निर्णय गरेको छैन । यस्तो अवस्थामा नेकपा (एकीकृत समाजवादी) सहितको बैठकमा हामी जाने कुरा हुँदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दैछ। संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओमिक्रोनका कारण नेदरल्याण्ड्समा लकडाउनमा थप कडाइ

४ पुष २०७८, आईतवार ०४:३५
एजेन्सी।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ ।नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो । अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् ।घरमा मात्रै […]