जुलुससहित पुगे उम्मेदवारी दर्ता गराउन लिङ्देन

कर्णाली अनलाइन १७ मंसिर २०७८, शुक्रबार ०८:१६

काठमाडाैं।राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दर्ता गराउन राजेन्द्र लिङ्देन जुलुससहित राष्ट्रिय सभागृह पुगेका छन्। बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ।

अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले विरोध जनाएपछि छानविन समिति गठन गरेर यससम्बन्धी बिवाद समाधान गरेर आजदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

अध्यक्षका प्रत्यासी कमल थापा र लिङ्देन दुवै पक्षले आ-आफ्नाे प्यानल तय गरेकाराजेन्द्र छन्। विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षकाे सूचीमा रेहेकाे जनाइएकाे छ।

त्यसबाहेक थापा समूहमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन्। त्यस्तै, लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारहरूमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन्।

राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही उम्मेदवार हुन्। त्यस्तै, लिङ्देनकाे प्यानलबाट महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिना रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सराई शाखाद्धारा वित्तिय साक्षरता डिजिटल बैकिङ सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन

१७ मंसिर २०७८, शुक्रबार ०८:१६
पाल्पा। ग्लोबल आई.एम.ई बैंक सराई शाखाद्धारा माथागढी गाउँपालिका-३ कसेनीमा वित्तीय साक्षरता डिजिटल बैकिङ सम्बन्धि अन्तक्रिर्या कार्यक्रम शुक्रबार सम्पन गरेको छ ।बैंकको विषयमा चर्चागदैँ कार्यालयका प्रमुख सागर बहादुर सिंले भने नेपालकै वित्तीय बैंक हरुमध्ये सबैभन्दा ठूलो रहेको र नेपाल सरकार बाट ‘क’ वर्गको कर्मसियल बैंकका रुपमा विस्तार भएको हाल नेपालका ७६ […]