दैलेख। जिल्लाको गुराँस गाउँपालिकाले अलपत्र योजनाहरुको स्थलगत निरक्षणमा तिव्रता दिएको छ । गाउँपालिका अध्यक्ष टोप बहादुर विसी र उपाध्यक्ष शिवा खडकाले वडा न ७ र ८ मा अलपत्र रहेका योजनाहरुको स्थलगत निरक्षण गरेका छन।
अध्यक्ष विेसीले गुरास गाउँपालिका वडा न ७ मा अलपत्र परेको भालुदुला लिफ्टीङ्ग खानेपानीको स्थलगत निरक्षण सगै लात्ते खानेपानी आयोजनाको विषयमा स्थानीय सग छलफल समेत गरेका थिए।आव वर्ष २०७८/ ७९ मा सम्पन्न गर्नुेपर्ने योजनाहरु हालसम्म पनि सम्पन्न नभएको र काम सम्पन्न नगरी अघिलो सरकारबाट भुत्तानी गरेको विषयमा स्थानीय नागरिकले अध्यक्ष विसीसंग गुनासो समेत गरेका छन।
स्थानीय सग अन्र्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष विसीले ‘नागरिकका जनजिवीकाका सवालमा गाउँपालिका जिम्मेवार र जानकार रहेको तथा विकासका नाममा भएका अनियमिता ,भष्ट्राचारका विषयमा सवै मिलेर खवरदारी,पैरवी गर्नुे पर्ने बताए’ ।अध्यक्ष विसीले भने ‘अलपत्र परेका योजनाहरु जति सक्दो छिटो आवश्यक प्रक्रिया मिलाई काम अगाडी बढाई सम्पन्न गर्ने विश्वास समेत व्यक्त गरेका छन ‘।अरुले झै विचबाटोमै छाडेर अलपत्र पार्ने वानी आफुमा नभएकोले गतव्यमै पुयाउने बताए।
अध्यक्ष विसीले गुरासँ गाउँपालिका वडा न ८ मा निमार्णधिन प्रहरी चौकी र भ्युचुला खेलमैदानको समेत निरक्षण गरेका छन। । अध्यक्ष विसीले योजनाको स्थलगत निरक्षण पछि सक्षिप्तमा कर्णाली अनलाइन सगँ बोल्दै ‘नागरिकका आधारभुत तथा नैसर्भिक अधिकारका विषयमा गाउँपालिका जिम्मेवार रहेको र नागरिकका जनजिवीकाका सवालका सन्दर्भमा गाँस ,बासँ कपास लगायत खानेपानी ,स्वास्थ्य,शिक्षा,मनोरञ्जन ,सुरक्षा जस्ता विषयमा कसैले पनि लापरवाही नगर्ने र यी तत कुरालाई लिएर राजनितिकरण नगर्ने, सवै मिलेर गुराँस समृद्ध बनाउने अभियानलाई सार्थक बनाउन कुनै राजनैतिक पुर्वाग्रही रुपमा नलिई लाग्न समेत अपिल गरेका छन।
स्थलगत निरक्षणको क्रममा गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवा खडककाले गुराँसलाई कृषिमा आत्मनिर्भर बनाउन र कृषि पेशालाई निवाहमुखी नभई व्यवसायीकरण गर्ने तर्फ सवैले जोड दिन अनुरोध गरेकी छन।
उपाध्यक्ष खड्ककाले भनिन कृषि तथा पशुका नाम दर्ता गरेका फर्म खाज्दै जादा कुनै ठाँउमा बाहेक धेरै ठाँउमा फर्म थियो होला भन्ने संकेत पनि नभेटिने गरेको समेत गुनासो गरेकी छन । ।यस विषयमा पालिकामा गम्भिर समिक्षा गरिने समेत जानकारी दिइन। कृषिमा हुने अनियमितालाई पुर्ण विराम लगाउदै खास कृषकले स्थानीय सरकारबाट उचित सेवा नपाएको गुनासो पनि आइरहेको हुदाँ कृषक पहिचान गरेरमात्र सेवा प्रवाह गर्नु पर्ने र बेला बखत फर्महरुको गतिविधीहरु लिइ राख्नु पर्ने उपाध्यक्ष खड्काले जानकारी दिइन ।
उक्त छलफलमा गाउँपालिका अध्यक्ष टोप बहादुर विसी उपाध्यक्ष शिवा कुमारी खड्का ,वडा न ७ का वडा अध्यक्ष नन्द बहादुर विसी ,वडा न ७ का पुर्व वडा अध्यक्ष हुकुम बहादुर खत्री लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

