रास्वपाकी इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित

कर्णाली अनलाइन ७ माघ २०७९, शनिबार २१:१५

काठमाडौं।प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्। शनिबार दिउँसो सम्पन्न निर्वाचनबाट रास्वपा सांसद रानामगर निर्वाचित भएकी हुन्। उनको निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन्।

आजको संसद्‍ बैठकमा कुल २६४  जना सांसद उपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी दिए। प्रतिनिधिसभाको आजको बैठकमा भएको निर्वाचनमा रानामगरले १६६  मत पाइन्। त्यस्तै, उनको विपक्षमा  ९७  मत र मत दिन्नँ भन्नेमा एक मत परेको छ।

सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी थिइन्। नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए।प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छिन्चुदेखी सुर्खेत आउँदै गरेको हाईलेक्स दुर्घटनाहुदा घटनास्थलमै ४ को मृत्यु, १ घाइते

७ माघ २०७९, शनिबार २१:१५
सुर्खेत। रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोलामा डबल क्याप हाईलेक्स जीप दुर्घटना हुदा चार जनाको मृत्यु र एक जना घाइते भएका छन् । छिन्चुबाट सुर्खेत आउँदै गरेको वाग्मती प्रदेश ०१-०२६ च ९२१३ नम्बरको हाईलेक्स आइतबार विहान साढे २ बजेको समयमा अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खसेको थियो । […]