झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्‍यापर मिलनजङ्ग कुँवर गम्भीर घाइते

कर्णाली अनलाइन २६ कार्तिक २०७९, शनिबार १५:४६

नवलपरासी पूर्व । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो ।

काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए । उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् ।

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यी हुन् मतदानको दिन बिना पास चल्न पाउने सवारीसाधन (सूची)

२६ कार्तिक २०७९, शनिबार १५:४६
काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनुनपर्ने गरी सहज आवागमनको व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधनले सवारी अनुमति पत्र लिनु नपर्ने निर्णय […]