नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

कर्णाली अनलाइन २४ माघ २०७९, मंगलवार १२:२४

काठमाडौँ।राष्ट्रियसभाकाे नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।साेमबार निर्विराेध रुपमा निर्वाचित भएकी उपाध्यक्ष अर्यालले आज शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो। यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो।

सत्ता गठबन्धनकाे समर्थनमा माओवादीबाट राष्ट्रियसभा निर्वाचित भएकी अर्यालकाे प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका थिए।

विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।नवनिर्वाचित उपाध्यक्ष अर्यालले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टर्की भूकम्पः मृत्यु हुनेकाे संख्या ३५ सय नाघ्यो, १५ हजारभन्दा बढी घाइते

२४ माघ २०७९, मंगलवार १२:२४
एजेन्सी।टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ३ हजार ५ सय जनाको मृत्यु भएको छ।टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पमा परी कम्तीमा १५ हजारभन्दा बढी […]