सत्ता गठबन्धनमा भाजो हाल्दै एमाले

कर्णाली अनलाइन १९ माघ २०७८, बुधबार ०४:५८

सुर्खेत। सत्ता गठबन्धन दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँचदलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेका हुन्।

एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै आएका छन्। एक सातायता सत्तासहयात्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्कन सक्ने शंकालाई बल पुगेको छ।

आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ।

साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० को विषयमा सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर पनि सत्तासहयात्रीबीच किचलो बढेको छ। माओवादी केन्द्रका जनवर्गीय संगठनका नेताहरूले सभामुख सापकोटाको भूमिकाको प्रशंसा गरिरहेका छन् भने गठबन्धनको प्रमुख घटक कांग्रेस र प्रधानमन्त्री देउवा असन्तुष्ट बनेका छन्।

एमसिसीबारे गठबन्धन दलहरूभित्रै अन्तर्विरोध भएका बेला एमालेले सरकार कसरी अघि बढ्छ, त्यहीअनुसार आफ्नो नीति स्पष्ट पार्ने बताउँदै आएको छ। यद्यपि एमसिसी संसद्बाट पास गर्ने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेर अघि बढेमा प्रधानमन्त्रीलाई साथ दिने संकेत एमालेले गरेको स्रोतको दाबी छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने सत्तारुढ दलभित्रै बहुमत रहेकाले एमालेको भूमिका आवश्यक नपर्ने बताए। ‘गठबन्धन दलभित्रै अन्तर्विरोधी कुरा आएका छन्। विगतमा सभामुखको भूमिका ठीक भएन, त्यो जगजाहेर छ। अहिले पनि सभामुखले अवरोध गरे उहाँहरू ९सत्तापक्षधर० के गर्नुहुन्छ रु प्रस्ताव सामान्य बहुमतबाटै पास हुन्छ, सामान्य बहुमत सरकारसँगै छ,’ ज्ञवालीले भने।

सरकारले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेसँगै अहिलेको पाँचदलीय गठबन्धन कायम राख्ने प्रधानमन्त्रीको आश्वासन छ। आउँदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई गठबन्धनको आवश्यकता छ। एमाले भने यी दुवै पार्टीलाई कांग्रेसको साथबाट अलग गरेर तीन तहको निर्वाचनमा सहभागी हुन चाहन्छ। एमालेका नेताहरूले बारम्बार गठबन्धन नटिक्ने बताउँदै आएका छन्।

यही बीचमा संसद्मा एमसिसी पेस गर्ने विषयमा गठबन्धनभित्र मतभेद बढेको छ। माओवादीका तर्फबाट सभामुख बनेका सापकोटा संसद् स्थगित गरेर गृह जिल्ला सिन्धुपाल्चोक पुगेका छन्। सरकारको कामलाई असहयोग गरेको भन्दै सभामुखसँग प्रधानमन्त्री र उनको पार्टी कांग्रेस असन्तुष्ट रहेका बेला एमालेले पनि सभामुखको भूमिकालाई लिएर लामो समयदेखि संसद् चल्न दिएको छैन।

‘एमालेको भूमिका र सभामुखको व्यवहारले गठबन्धनको प्रमुख घटक कांग्रेसलाई अविश्वास उत्पन्न गराएको छ। यो शुभसंकेत होइन,’ नेकपा एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोनाम ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

१९ माघ २०७८, बुधबार ०४:५८
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् ।मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो […]