संवैधानिक व्यवस्थाअनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्छ प्रदीप पौडेल

कर्णाली अनलाइन ७ माघ २०७८, शुक्रबार ०८:२४

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य ले संवैधानिक व्यवस्थाअनुसार नै स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताएका छन्। शुक्रबार नेता पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘संविधानले निर्दिष्ट गरेको समयसीमा भित्रै क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको अर्को विकल्प छैन।’

संविधानले भनेअनुसारकै समय सीमाभित्र रहेर निर्वाचन गरिनुपर्ने उनले बताए। ‘स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्था अनुरूप हुनुपर्छ। जुन व्यवस्था ल्याउन र जोगाउन लामो संघर्ष चलिरहेको छ। त्यो उपलब्धिलाई रक्षा गर्नु, संस्थागत विकास गर्नु कांग्रेसको जिम्मेवारी हो।’

उनले क्रमवद्ध रूपमा स्थानीय, प्रदेश र संघीय निर्वाचन गरिनुपर्ने उल्लेख गरेका छन्। संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएपछि छ महिनाभित्र निर्वाचन गर्नुपर्ने उल्लेख छ भने स्थानीय तह निर्वाचन ऐनले कार्यकाल सकिनुभन्दा दुई महिनाअगाडि नै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा कमाउन सफल ग्लोबल आईएमई बैंक

७ माघ २०७८, शुक्रबार ०८:२४
काठमाडौं । ग्लोबल आईएमई बैंक चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ । बैंकले पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयँ नाफा गरेको हो जुन गत आवको यही अवधिभन्दा ३५ करोड रूपैयाँ बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ […]