एजेन्सी।सैनिक शासन रहेको म्यान्मारको एउटा अदालतले नेत्री आङ सान सू चीलाई थप सात वर्ष जेलसजाय तोकेको छ योसँगै उनले जेलमा बिताउनुपर्ने कुल समयावधि ३३ वर्ष पुगेको छ।
प्रजातान्त्रिक रूपमा निर्वाचित सू ची सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता लिएदेखि घरमै नजरबन्दमा छिन्।त्यसयता उनले १९ वटा विभिन्न अभियोगबारे १८ महिनादेखि सुनुवाइको सामना गरिरहेकी छन्। ती सुनुवाइ निष्पक्ष नरहेको अधिकारकर्मीहरू बताउँछन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत साता उनलाई रिहा गर्न आह्वान गरेको थियो।शुक्रवार उनीमाथि लागेका अन्तिम पाँच आरोप सम्बन्धित सजाय सुनाइएको थियो।