कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी

कर्णाली अनलाइन १५ पुष २०७८, बिहीबार ०७:०१

सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले नेपालीबीच एकआपसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले नेपालीबीच एकापसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले विविधताभित्रको एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक पहिचानका उदाहरण भएको उल्लेख गर्दै नेपाल सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएकामा धन्यवाद व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरी हर्षोल्लासका साथ यो पर्व मनाउन अनुरोध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँमा परि म्याग्दीमा एक जना बेपत्ता

१५ पुष २०७८, बिहीबार ०७:०१
म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् ।अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् । धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको हो। रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र […]