हिउँमा परि म्याग्दीमा एक जना बेपत्ता

कर्णाली अनलाइन १५ पुष २०७८, बिहीबार ०७:३८

म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् ।अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् ।

धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको हो। रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएकाे पनि उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ’

१५ पुष २०७८, बिहीबार ०७:३८
काठमाडौं। नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिएका छन् । विधान संशोधन प्रस्तावमाथि भएको छलफलपछि गण्डकी प्रदेशका तर्फबाट देवेन्द्र पौडेलले बिहीबार समुहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा सो कुरा बताएका हुन् । सुझाव पेश गर्दै पौडेलले भने, […]