देशभरको मौसम बुधबार कस्तो रहला ?

कर्णाली अनलाइन ११ फाल्गुन २०७८, बुधबार ०५:०९

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज बुधबार बिहान देशको पहाडी भू-गमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै सुदुरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानहमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, बुधबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। बाँकी भू-भागमा आंशिक बदली हुनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना हुनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना हुने महाशाखाले जनाएको छ।

त्यस्तै,बुधबार राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाए

११ फाल्गुन २०७८, बुधबार ०५:०९
काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाएका छन्। बुधबारका लागि बोलाइएको बैठकमा विशेष अदालत र राजश्व न्यायाधीकरणमा अध्यक्ष सिफारिस गर्ने तयारी गरिएको छ। आज बस्ने बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने मुख्य एजेण्डासहित अन्य विषय रहेको बताइएको छ । न्याय परिषद्को […]