कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाए

कर्णाली अनलाइन ११ फाल्गुन २०७८, बुधबार ०६:५०

काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाएका छन्। बुधबारका लागि बोलाइएको बैठकमा विशेष अदालत र राजश्व न्यायाधीकरणमा अध्यक्ष सिफारिस गर्ने तयारी गरिएको छ।

आज बस्ने बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने मुख्य एजेण्डासहित अन्य विषय रहेको बताइएको छ ।

न्याय परिषद्को सिफारिसमा सरकारले नियुक्ति गर्ने छ। यसअघि विशेषका अध्यक्ष प्रेमराज कार्की थिए।न्यायाधीशलाई काज खटाउने विषयमा छलफलका प्रयोजनका लागि बैठक बोलाएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले जिल्ला कमिटी सदस्यमा मनोनित राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण

११ फाल्गुन २०७८, बुधबार ०६:५०
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी उषा किरण भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित गरिएको छ। काठमाडौं जिल्ला कमिटीको फागुन ३ गतेदेखि सुरु भएको प्रथम पूर्ण बैठकबाट सदस्यमा मनोनित गरिएको हो। बैठक मंगलबार सम्पन्न भएको हो। सदस्यमा मनोनित भएसँगै उषाकिरण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छन्। भण्डारीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट […]