रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक पक्राउ

कर्णाली अनलाइन ७ पुष २०८०, शनिबार १८:१५

सुर्खेत।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । कास्कीको पोखरामा आयोजित सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि खोया प्रहार भएको हो ।

खोयाम प्रहार गर्ने लमजुङका २८ वर्षीया युवा सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले बताए । प्रहरीले रानाभाट मकै खाइरहेको र मकै खाएपछि खोया फाल्ने क्रममा स्टेजमा पुगेको बताएको छ । तर प्रत्यक्षदर्शीहरुले भने रानाभाटले लामिछानेलाई नै ताकेर खोया फ्याकेको बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज येशु ख्रिष्टको जन्मदिन अर्थात् ‘क्रिसमस डे’ मनाइँदै

७ पुष २०८०, शनिबार १८:१५
काठमाडौं।नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । […]