सुनको भाउ बढ्यो : तोलाको कति पुग्यो ?

कर्णाली अनलाइन २४ कार्तिक २०७८, बुधबार ०७:२५

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २०० पुगेको छ।चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ। बुधबार चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोले दूधकोशी थुनियाे, १२ घर जोखिममा

२४ कार्तिक २०७८, बुधबार ०७:२५
काठमाडौं : सोलु करिडोरअन्तर्गत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-३ जयराम-सोलुदूधकुण्ड खण्डमा सुक्खा पहिरो झर्दा दूधकोशी थुनिएको छ। वडा ३-उँबुका अध्यक्ष मेडल राईका अनुसार पहिरोले कोशी थुनिएको र विस्तारै पानीको बहाव बढ्दै जाँदा त्यस क्षेत्रका १२ घर जोखिममा परेका छन्। अध्यक्ष राईले अहिले नै ताल जमेर करिब चार मिटर उचाइ बहाव बढेको जानकारी दिए। उनले भने,‘तीन वर्ष अगाडि नै सडक […]