सुर्खेतमा नबिलको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

कर्णाली अनलाइन १० कार्तिक २०७८, बुधबार ०५:४५

सुर्खेत। नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ।

साझेदारी सम्झौता–पत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा र बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले हस्ताक्षर गरेका छन्। उक्त साझेदारीमा गाउँपालिकाको सिफारिसमा स्थानीय उद्यमीहरुलाई बैंकले आफ्नो नियमानुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उल्लेख रहेको छ।

कार्यक्रममा नबिल बैंकको कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।

बराहताल गाउँपालिकाका अध्यक्ष बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने विश्वास व्यक्त गरे। उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्‍याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो। कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको उक्त कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने तयारी

१० कार्तिक २०७८, बुधबार ०५:४५
काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिने भएकी छन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान गर्ने तयारी गरिएको छ। गत ४ गते टेबल गरिएको बिश्वासको मत सम्बन्धि प्रस्तावलाई आज टुंगो लगाउन लागिएको हो। प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन्। बिपक्षी गठबन्धनमा भने माओबादी केन्द्रका […]

सम्बन्धित शीर्षक