आयल निगमले पुन:बढायो पेट्रोलियम पदार्थको मूल्य:पेट्रोल १८०, ग्यास १८ सय

कर्णाली अनलाइन ८ जेष्ठ २०७९, आईतवार १५:३१

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन:बढाएको छ।निगमले आज राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पुगेको छ।खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७१५ स्थानको नतिजा सार्वजनिक:कांग्रेस ३१४, एमाले १९३ र माओवादी १२० स्थानमा विजयी

८ जेष्ठ २०७९, आईतवार १५:३१
सुर्खेत।स्थानीय तह निर्वाचन  २०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । कांग्रेस-दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले […]