सुर्खेत।स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
कांग्रेस-दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले दुई सय ९० वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
एमाले-दोस्रोमा रहेको नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी एक सय ९३ वटा पालिकाको प्रमुख र दुई सय आठ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ ।
माओवादी-तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले एक सय २० वटा पालिकाको प्रमुख तथा एक सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।
जसपा-जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ ।
एकीकृत समाजवादी-यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।
लाेसपा-लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ ।
राप्रपा-राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चार वटै पालिकामा उपप्रमुख पद जितेको छ ।
जनमाेर्चा-राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ ।
अन्य/स्वतन्त्र-नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ । – जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ । – नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । – विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेकाे छ ।
– यस्तै स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् ।

