बुढानीलकण्ठ भेलाले सभापति बाहेकको उम्मेद्वार टुंगो लगाउन सकेन

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार १०:१६

काठमाडौँ ।आफ्नो पक्षको उम्मेद्वार चयन गर्न बसेको कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको बैठक ठोस निर्णय विनै सकिएको छ।देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा सभापतिमा देउवाको विकल्प नभएको निष्कर्ष निकालेको सहभागी एक नेताले जनाकारी दिए।

बैठकमा नेताहरुले देउवा समक्ष आआफ्नो दाबी पेश गरेका छन्। उपसभापतिमा विजयकुमार गच्छदारको दाबी पेश गरेका छन्। पूर्णबहादुर खड्काले पनि उपसभापतिमा इच्छा देखाएका छन्।

त्यस्तै दुई महामन्त्रीमा पाँच जना देउवाका निकट नेताहरुले दाबेदारी प्रस्तुत गरेको स्रोतले जानकारी दियो।भेलामा सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउदलगायतले महामन्त्री लड्ने इच्छा राखेका छन्।

सबै नेताहरुले आफूलाई नै प्यानलबाट आधिकारिक उम्मेद्वार बाउनुपर्ने माग राखेका हुन्। एनपी साउदले आफू धेरैपटक केन्द्रीय सदस्य भएकाले यसपटक जसरी पनि महामन्त्री पाउनुपर्ने अडान राखे।

त्यस्तै डिना उपाध्ययले महिला कोटाबाट सहमहामन्त्रीको आकांक्षा राखेकी छिन्। सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेकी डिला संग्रौलाले भने केन्द्रीय सदस्यमा आफ्नो पद सुरक्षित गर्ने धारणा बैठकमा राखेकी छिन्।बैठकले कसलाई कुन पदमा उठाउने भन्नेबारे ठोस निर्णय नगरेको र फेरि छलफल गर्ने भन्दै उठेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनाको हेलिकोप्टर दुर्घटनापछि:भारतीय प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठक

२२ मंसिर २०७८, बुधबार १०:१६
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन्। भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनापछि मोदीले आकस्मिक बैठक बोलाएका हुन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीलाई जानकारी दिएका थिए। यसपछि मोदीले आपतकालीन बैठक बोलाएका छन्। सीडीएस विपिन रावतलाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताइएको […]