पोखरा विमान दुर्घटना अपडेटः अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि

कर्णाली अनलाइन १ माघ २०७९, आईतवार १८:०३

काठमाडौँ।नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको विमान सेती नदीको खोंचमा दुर्घटना भएको थियो। प्राधिकरणका अनुसार विमान १० बजेर ५० मिनेटसम्म सम्पर्कमै  थियो।

विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए। विमानमा ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रसियन, कोरियाका दुई जना तथा आयरल्याण्ड, अष्ट्रेलिया र फ्रान्सका एक–एक जना यात्रु सवार थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा दिने निर्णय

१ माघ २०७९, आईतवार १८:०३
काठमाडौँ । काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको […]