विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा दिने निर्णय

कर्णाली अनलाइन १ माघ २०७९, आईतवार १८:१२

काठमाडौँ । काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ । बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय सीमा तोकिएको छ ।

बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थिव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

साथै सबै हवाई जहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ । त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा जीप दुर्घटनाहुँदा एकको मृत्यु, १४ घाइते

१ माघ २०७९, आईतवार १८:१२
सुर्खेत । जुम्लामा जीप दुर्घटनामा परेको छ। सोमबार दिउँसो करिब ४ बजेको समयमा जीप दुर्घटनामा परेको हो। जुम्लाको पातरासी गाउँपालिका–६ को कोटा भिर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाकमा प्रहरी निरिक्षक यमबहादुर बुढा मगरले जीप दुर्घटनमा हुँदा १ जनाको घटनास्थलमै मृत्यु […]

सम्बन्धित शीर्षक