त्रिदिवसीय भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

कर्णाली अनलाइन १३ चैत्र २०७८, आईतवार ११:२५

काठमाडौँ।चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी स्वेदश फिर्ता हुनुभएकाे छ । नेपालको त्रिदिवसीय भ्रमण सकेर उहाँ आज आइतवार दिउँसाे स्वदेश फर्किनुभएकाे हाे । वाङ यी गएकाे शुक्रवार नेपाल आइपुग्नुभएकाे थियाे ।

चिनियाँ विदेश मन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पाैड्याललगायतकाे टाेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकाे थियाे ।

चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी स्वेदश फिर्ता हुनुभएकाे छ । नेपालको त्रिदिवसीय भ्रमण सकेर उहाँ आज आइतवार दिउँसाे स्वदेश फर्किनुभएकाे हाे । वाङ यी गएकाे शुक्रवार नेपाल आइपुग्नुभएकाे थियाे ।

चिनियाँ विदेश मन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पाैड्याललगायतकाे टाेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकाे थियाे ।

चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो । यस्तै आज नै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएकाे थियाे ।

यस्तै हिजाे शनिवार बेलुका वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । त्यही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा २३ जनामा काेराेना पुष्टि

१३ चैत्र २०७८, आईतवार ११:२५
काठमाडौँ।पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गरेकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप दुई सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । […]

सम्बन्धित शीर्षक