सिम्रिक एयर संखुवासभामा दुर्घटना: हेलिकप्टर क्षतिग्रस्त, सेनाको हेलिकप्टरद्वारा घाइतेको उद्धार

कर्णाली अनलाइन २२ बैशाख २०८०, शुक्रबार १५:१३

काठमाडौँ ।शुक्रबार दिउँसो संखुवासभामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टरका चालक सुरक्षित रहेपनि एक स्थानीय भने गम्भीर घाइते भएका छन्।

हेलिकप्टरमा चालकदलका दुईसहित पाँच जना सवार थिए। दुर्घटनामा परेको उक्त हेलिकप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेल सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको हो। घाइतेहरूलाई घटनास्थलमा पुगिसकेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर काठमाडौँतर्फ लगिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले जानकारी दिए।

अपर अरुणको हाइड्रोको आयोजनाको सामान बोकेर उडेको हेलिकप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।यतिबेला दुर्घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको टोली पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली शरणार्थी प्रकरण:यो ट्रेलर मात्रै हो, सिंगो फिल्म देखिनेवाला छ-प्रधानमन्त्री दाहाल

२२ बैशाख २०८०, शुक्रबार १५:१३
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन्।शनिबार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताएका हुन्। उनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए। उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख […]

सम्बन्धित शीर्षक