जुम्ला। जिल्लाको सिंजा गाउँपालिका वडा न.३ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिंजाले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सिंजा गाउपालिका वडा न ५ गोरामा सोमबार संचालन गरेको छ।
उक्त कार्यक्रममा ४५ भन्दा बढी स्थानिएको उपस्तिथि रहेको थियो। सिंजा शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुरा हरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको उपस्थित स्थानियहरुले जानकारी दिए । उक्त कार्यक्रम को ब्यवस्थापन , संचालन र स्वागत भने सिंजा शाखाका कर्मचारी लाल बहादुर बुढाले गर्नु भएको थियो ।
कार्यक्रममा बित्तीय साक्षरताका बारेमा भने’ कर्णाली प्रदेशका अनुगमन अधिकृत बेद प्रसाद बेल्बासेले प्रशिक्षण दिनुभएको शाखा प्रबन्धक जय कृष्ण जैसीले जानकारी दिनुभयो।’
उक्त गाउपालिका वडा न. १ देखि ६ ओटै वडा ,हिमा गाउपालिका,कनकासुन्दरी गाउपालिका र तिला गुफा नगरपालिका का करिब १ हजार २ सय घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित बित्तीय सस्था लि शाखा कार्यालय सिंजा ले उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।
गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।

