नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा राष्ट्रपतीद्धारा उद्घाटन

कर्णाली अनलाइन ८ पुष २०७९, शुक्रबार १७:३४

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभालाई राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई राष्ट्रपती भण्डारीले उद्घाटन गरेकी हुन् । सभाको उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले कर्णालीलाई विकासको मुलधारमा ल्याउने कुरामा पत्रकारहरुको ठुलो भुमीका हुने बताईन् ।

उनले देशभरबाट सुर्खेतमा आएका पत्रकारहरुले कर्णालीका केही न केही कथा लेख्ने आशा कर्णालीले गरेको बताईन् ।कार्यक्रममा देशभरका करिब ७ सय ५० भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको महासंघले जनाएको छ । कार्यक्रम आज र भोली सम्म चल्नेछ ।

महासंघले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरुलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते

८ पुष २०७९, शुक्रबार १७:३४
सुर्खेत । जिल्लाको वीरेनद्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी छन्। शुक्रबार दिउँसो साढे ४ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोक नजिक मोटरसाइककले बालिकालाई ठक्कर दिएको हो। वीरेन्द्रनगर–८ सिम्ताली चोकबाट क्याम्पसतर्फ जाँदै गरेको भे. ३ प. ८८९८ नम्बरको मोटरसाइकले पैदल यात्री वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने ५ वर्षीया बालिका गृष्मा बुढालाई ठक्कर दिएको […]