तुलसीपुरको जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

कर्णाली अनलाइन २८ माघ २०७८, शुक्रबार ०३:२२

दाङ।तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ। कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु आर्यालले जानकारी दिए।

‘एक महिला र चार पुरुषको शव निकालेर अस्पताल पठाएका छौं’, उनले भने, ‘राति करिब पौने दुई बजेदेखि पसलमा आगो लागेको थियो। जसले गर्दा कोठा भाडामा लिएर बसेकाहरुको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ।’घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलगायतको टोली पुगेकाे छ।

आगलागी अझै पूर्ण नियन्त्रणमा आएको छैन। आगो अन्यत्र सर्न नसक्ने अवस्थामा रहेको तर, धुवा पुत्पुताइरहेको डीएसपी अर्यालले जानकारी दिए। ‘आयो नियन्त्रणमा छ। तर, धुवा भने आइरहेको छ’, उनले भने।

आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना, स्थानीयवासी परिचालन भएका छन्। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने डीएसपी अर्यालले बताए।हुसेन बक्सले केही समययता होलसेलको जुत्ता पसल गर्दै आएका थिए। पसलमा भएको क्षतिको विवरण आइसकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यथास्थितिमा जस्ताको तस्तै एमसीसीलाई समर्थन गर्न सकिँदैन –अध्यक्ष नेपाल

२८ माघ २०७८, शुक्रबार ०३:२२
वीरगञ्ज।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा जस्ताको तस्तै एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन्। वीरगञ्ज आएका नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी एमसीसी परियोजनाका केही कुराहरुलाई स्पष्ट गर्न जरुरी रहेको बताएका हुन्।जनमत एमसीसीको विरोधमा रहेको भन्दै अध्यक्ष नेपालले एमसीसीको विषयमा जनतालाई आश्वस्त पार्नु चुनौतीको विषय रहेको औंल्याए। ‘एमसीसीलाई […]