सल्यान।जिल्लाको सिद्ध कुमाख गाउँपालिकाले न्यायिक इजलासका लागि इजलास कक्ष निर्माण गरेको छ।मुद्दाको छलफल तथा निरूपणगर्ने र मेलमिलापद्वारा समाधान गर्ने १३ वटा मुद्दामा काम गरिरहेको स्थानीय तहका न्यायिक समितिका लागि अहिलेसम्म कुनै छुट्टै न्यायिक इजलास कक्ष बन्न सकिरहेको थिएन।
कतिपय छलफल गोप्य गर्नुपर्ने भए पनि इजलासको अभावका कारण आफ्नै कार्यकक्षमा छलफल गर्दा मान्छेहरूको भिडभाडका कारण समस्या हुने गरेको सिद्ध कुमाख गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष पुष्पा बोहराले बताइन्। मुद्दाको छलफल तथा निरूपण गर्दा गोपनीयता नहुने भएकाले धेरैजसो पीडित न्यायिक समितिसम्म आउन डर मान्ने गर्नेछन्।
पालिकाको आफ्नै भवन निर्माण भएपछि न्यायिक इजलास कक्ष बनाउन सहज भएको न्यायिक समिति भए पनि इजलासको अभावका कारण आफ्नै कार्यकक्षमा छलफल गर्दा मान्छेहरूको भिडभाडका कारण समस्या हुने गरेको सिद्ध कुमाख गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष बोहराले बताइन । पहिले भाडाको घरबाट पालिका सञ्चालन हुँदा छुट्टै इजलास निर्माण गर्न समस्या हुँदा न्याय सम्पादनमा गाह्रो भएको उनको अनुभव छ। उनले भनिन्,हामीले पहिला धेरै समस्या भोग्यौँ। अब छलफल चलाउँदा गोप्य ढङ्गले चलाउन सहज हुनेछ।स्थानीय सरकार गठन भएको ५ वर्ष बितिसक्दासमेत अधिकांश स्थानीय तहले न्यायिक इजलास कक्ष बनाउन सकेका छैनन्।