मेटमणिको दाबी : घनश्यामहरू एमालेमा अटाउन्नन्

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०९:०९

रुपन्देही। नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि एमाले रोजेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाएका छन्। बुधवार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरू बाटो बिराएको बताएका हुन्। चौधरीले उनीहरू पनि छिट्टै एकीकृत समाजवादीमा फर्कन बताए।

‘रनभुल्ल भएर उहाँहरू ओली पार्टीमा हुनुहुन्छ, एमालेको महाधिवेशनअगाडि नै समाजवादीमा आउनुहुन्छ,’ चौधरीले भने। वर्तमान गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहने उनको भनाइ छ। ‘जबसम्म हामीले योग्यता क्षमता निर्माण गर्न सक्दैनौं, तबसम्म गठबन्धन रहनेछ,’ उनले भने। नेपालको कम्युनिष्ट आन्दोलन अत्यन्तै अफ्ठयारो अवस्थामा रहेको उनले बताए।

‘नेकपा एस निर्माण नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन आँखा अगाडि समाप्त भएको देख्नुपर्दथ्यो, यो खालको अवस्था आइसकेको थियो, आज एकीकृत समाजवादी निर्माण गरेर समाप्त/विघटन गर्न लागेको नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि पनि सेभ गरेका छौं। यसमा हामी सफल भएका छौं, समृद्ध बनाउने ठाउँमा छौं,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवेकशिल साझा पार्टी कालिकोटद्धारा सान्नी त्रिवेणी गाउँपालिकालाई १० थान स्ट्रेचर हस्तान्तरण

१७ कार्तिक २०७८, बुधबार ०९:०९
कालिकोट। विवेकशिल साझा पार्टी कालिकोटले आज सान्नी त्रिवेणी गाउँपालिकालाई १० थान स्ट्रेचर हस्तान्तरण गरेको छ। उक्त स्ट्रेचर सान्नि त्रिवेणी गाउँपालिका स्वास्थ्य सेवा शाखाका प्रमुख मिन बहादुर विष्टलाई हस्तानतरण गदै विवेकशिल साझा पार्टी कालिकोटका संयोजक अनिल विष्ट (परिवर्तन )ले ‘अव सान्नि त्रिवेणी गाँउपालिका नौ वर्डामा र गाउँपालिकामा रहेको कोभिड अस्पतालका लागी  […]