विवेकशिल साझा पार्टी कालिकोटद्धारा सान्नी त्रिवेणी गाउँपालिकालाई १० थान स्ट्रेचर हस्तान्तरण

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ११:१३

कालिकोट। विवेकशिल साझा पार्टी कालिकोटले आज सान्नी त्रिवेणी गाउँपालिकालाई १० थान स्ट्रेचर हस्तान्तरण गरेको छ। उक्त स्ट्रेचर सान्नि त्रिवेणी गाउँपालिका स्वास्थ्य सेवा शाखाका प्रमुख मिन बहादुर विष्टलाई हस्तानतरण गदै विवेकशिल साझा पार्टी कालिकोटका संयोजक अनिल विष्ट (परिवर्तन )ले ‘अव सान्नि त्रिवेणी गाँउपालिका नौ वर्डामा र गाउँपालिकामा रहेको कोभिड अस्पतालका लागी  १० थान हस्तान्तरण गरेको र यसले समग्र सान्नि त्रिवेणीका विरामीलाई डोकामा वोकेर अस्पताल सम्म लैजानु पर्ने वाध्यकारी अवस्थालाई थोरै भए पनि टेवा पुग्ने अपेक्षा लिएको बताए’।

उक्त स्वास्थ्य सामाग्री बुझदै स्वास्थ्य शाखाका प्रमुख मिन बहादुर विष्टले’ यस पुन्य कार्यको सहयोगका लागी सहयोगी दातालाई धन्यवाद दिदै, तत्कालै अव प्रत्येक वार्डमा स्ट्रेचर पुयाउने तयारी गर्ने वताए।स्ट्रेचर साझा सदभाव समुह कुवेत र साझा सदभाव समुहका संयोजक खड्क विष्टद्धारा  सहयोग भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका नयाँ प्रदेश प्रमुख तिलक परियार को हुन् ?

१७ कार्तिक २०७८, बुधबार ११:१३
सुर्खेत । कर्णाली प्रदेशको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरिएसँगै मंगलबार नयाँ प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरिएको हो । अघिल्लो पटक पनि कर्णालीमा प्रदेश प्रमुखमा उनको नाम चर्चामा थियो । यद्यपि, उनको नियुक्ति हुन सकेन । रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका […]