रास्वपा प्रमुख सचेतक भन्छन् ‘पुराना दल जनताको पार्टी नबन्दा,यसको प्रभाव नयाँ पुस्तालाई पर्छ’

कर्णाली अनलाइन १३ फाल्गुन २०८१, मंगलवार २१:१९

सुर्खेत।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पुराना दल जनताको पार्टी बन्न नसक्दा रास्वपाको उदय भएको दावी गरेका छन् । राष्ट्रिय दलित आयोगले कर्णालीमा बालबिवाह सम्बन्धि आयोजना गरेको कार्यक्रममा सहभागी हुन सुर्खेत पुुगेमा परियारले पत्रकार भेटघाटमा यस्तो बताएका हुुन् ।

‘रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएका छन् । त्यसैले रास्वपा नबने नयाँ पुस्तालाई समेत घाटा हुन्छ’ उनले भने, ‘रास्वपालाई ढाल्ने प्रयत्न भइरहेको छ । यदी रास्वपा सद्दिएमा अब कैयौ वर्षसम्म नयाँ धार खडा हुने छैेनन्, त्यो संभव पनि छैन, यी पुरानै दलले जनतालाई ठगिरहने छन् । त्यसैले रास्वपा बनाउनमा नयाँ पुुस्ताले साथ दिनुुपर्छ ।’

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पुराना राजनीतिक दल जनताको पार्टी बन्न नसकेको कारण रास्वपाको उदय भएको उनको दाबी छ । पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुक निर्माणको जिम्मा रास्वपाले इमानदार र गम्भीर भएर लिन चाहेको उनले स्पष्ट पारे ।

उनले थपे, ‘मुलुकमा कोही न कोहीले हस्तक्षेप गर्नुपर्ने थियो । त्यो रास्वपाले गरेको छ । घरघरमा गएर नमस्कार गरेर भोट माग्ने नेताहरुले नै जनतालाई डण्डा लगाउने काम गरेका छन् । ती नेताहरुलाई खबरदारी गर्न जनता जाग्नुुपर्छ ।’

अर्को प्रशंगमा परियारले पछिल्लो समय पार्टी सभापति रवि लामिछाने र पार्टीमाथि भएको प्रतिशोध र चौतर्फी हमलाबारे प्रष्ट पारे । वर्तमान सरकारका कारण चारैतिर राजनैतिक वितृष्णा र निराशा छाएको उनको दावी छ । रास्वपालाई कमजोर बनाउन सकिन्छ कि भनेर राजनीतिक प्रतिसोध लिएर रवि लामिछाने माथि सरकार खनिएको उनको आरोप छ ।

‘पार्टी सभापति रवि लामिछानेको मुद्दमा अनुसन्धान जारी छ । निर्णयमा ढिलाइ भएको छ । न्याय मरेको छैन अदालतले सत्य निर्णय गर्नेछ’ उनले भने, ‘यो राजनैतिक प्रतिसोधको मुुद्दा नै हो । यदी सबै मिलेर हामीलाई मुद्दामा हाराएनि ईतिहासले यसको उचित मुल्यांकन गर्नेछ ।’

दुई तिहाइको सरकारले जनतामा आशाको दियो बाल्न नसकेको भन्दै सरकारले जनमुखी काम गर्ने नसकेको उनको भनाइ छ । जनतालाई सेवाको नाममा संसद नै बन्दक बनाएर सरकारले अध्यादेश ल्याउने चेष्टा राम्रो नभएको उनले बताए । सरकारले रास्वाको आवाजलाई संसदमै रोक्ने प्रयास गरिरहेको उनले उल्लेख गरे । साथै केन्द्रीकृत शासन प्रणालीबाट कर्णाली पछि पारिएको उनको दावी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललितपुरको इमाडोलमा आगलागी

१३ फाल्गुन २०८१, मंगलवार २१:१९
ललितपुर। इमाडोलस्थित एउटा रङ पसलमा आगलागी भएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङ पसलमा अहिले साँझ आगलागी भएको हो। “प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा  रङ पसल रहेको छ। क्षतिको […]

सम्बन्धित शीर्षक