आईपीएल : बैंग्लोरद्वारा कोलकाता पराजित

कर्णाली अनलाइन १७ चैत्र २०७८, बिहीबार ०१:२९

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो।

१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने  शहबाद अहमदले २७ रन जोडे।  कोलकाता टिम साउदीले  ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा समेटिएको थियो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए। अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

वानिन्दु हसरंगाले ४ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए। आकाश दीपले ३ विकेट लिँदा मोहम्मद शिराजको नाममा १ विकेट रह्यो।बैंग्लोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिनावारी भएको बेला पेट दुख्नु राम्रो-यस्तो छ कारण

१७ चैत्र २०७८, बिहीबार ०१:२९
काठमाडौं।हाम्रो उमेरसँगै हामीमा शारीरिक रुपमा बिभिन्न परिवर्तनहरु देखा पर्दछ । त्यस्तै एक परिवर्तन हो महिनावारी हुनु । जब छोरी मान्छेहरु बाल्य अवस्था पारगरी किशोरी अवस्थामा पुग्दछन् त्यती बेला देखिने परिर्वतन हो महिनावारी । छोरी मान्छेहरु महिनावारी हुनु प्राकृतिक नियम पनि हो । यो हरेक महिना हुने गर्दछ र हुनु पनि […]

सम्बन्धित शीर्षक