स्थानीय तहको चुनावका लागि दुई वटा मिति प्रस्ताव

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार ०९:३०

काठमाडौँ।निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ। २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो।यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ। आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए। ‘निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ’, उनले भने, ‘यसमा क्याविनेटले डिसिजन गर्छ।’

आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ। यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ।

त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ। दोस्रो चरणको भने २०-२२ गते नै गर्न सकिने भनिएको छ। कम्तिमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ।‘वैशाखको १२ र २२ गतेको बीचमा सक्ने गरी अगाडि बढेका छौं’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने। -न्युज कारखाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनताको भावना बुझेर मात्र एमसिसी अघि बढ्छ : माधव नेपाल

९ पुष २०७८, शुक्रबार ०९:३०
  सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसिसीसम्बन्धी प्रक्रिया अघि बढाउने बताएका छन्।एमसिसीको अन्तरवस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने उनले बताए। एमसीसीको अध्ययन गरी गहिराइ बुझेर मात्र लागू पर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।शुक्रबार सल्यान खलंगामा […]