जनताको भावना बुझेर मात्र एमसिसी अघि बढ्छ : माधव नेपाल

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार १०:२२

 

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसिसीसम्बन्धी प्रक्रिया अघि बढाउने बताएका छन्।एमसिसीको अन्तरवस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने उनले बताए। एमसीसीको अध्ययन गरी गहिराइ बुझेर मात्र लागू पर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।शुक्रबार सल्यान खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरी आए मात्र एमसिसी पास हुने नत्र नगर्ने बताए।

उनले भने, ‘नेपालको सार्वभौकिता, राष्ट्रियतालाई आँच आउने र सैन्य रणनीतिअनुरूप एमसिसी आएको भए कुनै पनि हालतमा पास हुने छैन’ उनले अगाडि थपे, ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग नि:स्वार्थ छ भने हामी स्वीकाछौं। अन्यथा शैन्य रणनीति र नेपालको सार्वभौमितामाथि खलल् पर्ने विषयमा कदापी स्वीकादैनौं।’ उनले घुमारो पाराले एमसीसीका केही बुँदा संशोधन गराएर पास गर्नु पर्ने बताए।

अर्को एक प्रसंगमा नेता नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताएका छन्। दक्षिणपन्थी शक्तिको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरिरहेको र ओलीको उक्त योजना कुनै पनि हालतमा सफल नहुने बताए।

ओलीले एमसिसीलाई दाउपेज बनाएर गठबन्धन टुटाउन प्रयास गरे पनि त्यो सम्भव नभएको दाबी गरे। आउँदो निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउँदै सरकार सञ्चालनका लागि पनि बामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक रहने नेपालको भनाइ छ।आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिसँग गठबन्धन हुने तर दक्षिणपन्थी र राजतन्त पक्षधरसँग कुने पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रमोदको ‘परदेश बोल’ गीत बजारमा

९ पुष २०७८, शुक्रबार १०:२२
काठमाडौँ। प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योञ्जनको ‘परदेश बोल’ को गीत बजारमा आएको छ । सिन्धुपाल्चोकका योञ्जनले लेखेका उक्त गीत दर्शकले मनपराउनेमा उनि विश्वस्त छन । गीतकार योञ्जन आमालाई चाहियो रे बोलको गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । सार्वजनिक भएको परदेश गीतलाई गीतकार प्रकाश योञ्जनले लेखेका हुन् भने टीका बम्जनले […]