आईजीपी बढुवा विवाद प्रकरण : अन्तिम सुनुवाइ आजबाट सुरु

कर्णाली अनलाइन १७ जेष्ठ २०७९, मंगलवार ०४:४५

काठमाडाैँ।प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतमा आज (मंगलबार)बाट आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो।

गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलबारलाई तोकिएको थियो।

सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरीयतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि विवाद चुलिएको थियो।एआईजी पोखरेलले आफूभन्दा कनिष्ठलाई सरकारले प्रहरी ऐन र नियमावलीविपरीत आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तारा एयर दुर्घटना अपडेटः २२ जनाकै ‘शव’ र ‘ब्ल्याकबक्स’ फेला

१७ जेष्ठ २०७९, मंगलवार ०४:४५
काठमाडौं।मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको […]