सुर्खेत। शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दश जना घाइते भएका छन्।
भूकम्प जाँदा अत्तालिएर घरबाट हाम फाल्दा तथा असावधानीपूर्वक भाग्दा उनीहरू घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
घाइते हुनेहरुमा जाजरकोटका आठ जना र रुकुम पश्चिमका दुई जना रहेका छन्। घाइतेभएकाहरूमध्ये तीन जना डिस्चार्ज भएको र पाँच जनाको स्थानीय तथा जिल्ला अस्पताल भइरहेको प्राधिकरणले जनाएको छ।
भूकम्पका कारण थप क्षति भएको छैन।
जाजरकोटको कुशे गाउँपालिका ९ पैंक केन्द्रविन्दु भएर शुक्रबार राती ८ः०७ बजे ५.२ र ८ः१० बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

