संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको रुलिङ

कर्णाली अनलाइन ५ जेष्ठ २०७९, बिहीबार ०८:५६

काठमाडौँ ।सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्।बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल भइरहेको छ। मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो।

तर, बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए। त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए।यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितको विरोध जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयरमा खनाल विजयी

५ जेष्ठ २०७९, बिहीबार ०८:५६
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् ।स्थानीय तह निर्वाचनको जारी अन्तिम मतगणना अनुसार नेकपा (एमाले)की ढकालले कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्रबहादु खड्कालाई पराजित गरेकी हुन् । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हुँदा उनका निटतम् प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त गरी पराजित […]