नेकपा एमाले हुम्लाको नवौँ  जिल्ला अधिवेशनको तयारी पुरा

कर्णाली अनलाइन २० पुष २०७८, मंगलवार ०५:३८

हुम्ला। नेकपा एमाले हुम्लाको नवौँ  जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । आगामी पुस २३ र २४ गते सञ्चालन हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट लगायतका अन्य व्यवस्थापनको काम सम्पन्न हुँदा अधिवेशनको तयारी पुरा भएको हो ।

एमाले हुम्लाका अध्यक्ष दलबहादुर रावलले जिल्ला अधिवेशनको सबै तयारी पुरा भएको बताए । अधिवेशनका लागि महत्वपुर्ण पक्ष  प्रतिनिधि छनौट कार्य पुरा भएको रावलले जानकारी दिए ।

अधिवेशनका लागि सात वटै गाउँपालिकाबाट २७६ जना प्रतिनिधि छनौट भएका छन्  । त्यसमा २६३ जना संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनौट भएका छन् भने १३ जना जिल्ला कार्य समितिले मनोनित गरिएका छन्  ।

केही दिन अगाडी सम्पन्न भएको जिल्ला कमिटी बैठकबाट चालीस जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि तीस जना बराबर एक जना प्रतिनिधि छनौट हुने  मापदण्ड निर्धारण गर्ने कार्य भए अनुसार  भएको अध्यक्ष रावलले जानकारी दिए ।

अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि, १३ प्रतिशत दलित प्रतिनिधि छनौट भएका छन्  । उनले यति नै प्रतिशत नभने पनि युवा र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनौट भएको नेता रावलको दाबी छ । एमाले हुम्लाका लागि चार हजार ८७२ जना संगठित सदस्यहरु रहेका छन्  ।

यस्तै अधिवेशनका लागि आवश्यक अन्य व्यवस्थापनका पक्ष पनि सबै तयारी पुरा भएको एमाले हुम्लाले जनाएको छ । यसका लागि एमालेका अर्का सदस्य गोरख बहादुर बोगटी पनि अधिवेशनका लागि हुम्ला आउने भएका छन्  । चितवन महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष रावलले कावाको जिम्मा उपाध्यक्ष ज्ञानी बुमीलाई दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाताको संख्या सुर्खेतमा दुई लाख चौध हजार नाघ्यो

२० पुष २०७८, मंगलवार ०५:३८
सुर्खेत । सुर्खेतमा ११ हजारभन्दा बढी मतदाता थपिएका छन् पछिल्लो पटक संकलन गरिएको मतदाता नामावली अनुसार सुर्खेतमा ११ हजार चारसय १४ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सुखं तले जनाएको छ । जसमध्ये पाँच हजार दुईसय ७७ जना महिला र पाँच हजार एकसय ३७ जना पुरुष मतदाता थपिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद […]