मौसम पूर्वानुमान महाशाखा:नेपालमा मनसुन सुरु हुन अझैँ पाँच दिन लाग्ने

कर्णाली अनलाइन २८ जेष्ठ २०८०, आईतवार १४:५०

काठमाडौं । नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो ।

मौसमविद् लामिछानेले भने, ‘बङ्गालको खाडीबाट आएको जलवाष्ययुक्त हावा नेपाल आउन अझै चारदेखि पाँच दिन लाग्ने देखिएको छ । हामी यसको नियमित मनिटरिङ गरिरहेका छौँ ।

अहिले देशको पूर्वी भागमा मनसुन सुरु हुने अनुकूल वातावरण निर्माण भएकाले तापक्रम पनि घट्दै जाने उन भनाइ छ । लामिछानेका अनुसार तराईका अधिकांश स्थान र पहाडी क्षेत्रको तापक्रम हिजो अस्तिको तुलनामा कम हुँदै गएको छ ।

उनले भने ‘अब मनसुन सुरु हुने समय नजिकिएकाले पूर्वी क्षेत्रमा मनसुन अनुकूल वातावरण निर्माण भइरहेको छ । जसका कारण देशका पूर्वी तराईका क्षेत्रमा र पहाडी क्षेत्रमा तापक्रम घट्दै गएको छ ।

हिजो ४०/४२ डिग्री सेल्सियस तापक्रम भएका ठाउँमा आज ३७/३८ डिग्री सेल्सियस रहेको छ । मनसुन सुरु नहुँदासम्म मौसम आंशिक बदली भइरहने भएकाले तापक्रम नबढ्ने उनले बताए । आज कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना पनि रहेको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा पहिरोमा परि मृत्यु भएका १३ जनाका परिवारलाई २६ लाखको चेक हस्तान्तरण

२८ जेष्ठ २०८०, आईतवार १४:५०
सुर्खेत । २३ असोज २०७९ सालमा कालिकोटको तिलागुफामा मलामी जाँदा मृत्यू भएका १३ जनाको परिवारले प्रदेश सरकारले राष्ट्रिय वीमा कम्पनीमार्फत गरेको सामूहिक दुर्घटना वीमाबाट जनही दुई लाखका दरले वीमा रकम प्राप्त गरेका छन् । तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा माथिबाट आएको पहिरोमा परि उनिहरु वेपत्ता भएका थिए । पहिरोमा पनि मृत्यू […]