यस्तो छ स्थानीय तह चुनावको कार्यतालिका (सुचीसहित)

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार ०६:२१

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको हो ।

उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । १२ गतेनै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारीको विरोधमा उजुरी दिन वैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ ।

वैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गतेनै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशान ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

आयोगले मौन अवधि वैशाख २७ गते राति १२ बजेबाट लागू हुने जनाएको छ । मौन अवधि मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट लागू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्ला सर्केगाड–३ का वडाअध्यक्ष सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ चैत्र २०७८, शुक्रबार ०६:२१
 धन बहादुर भण्डारी हुम्ला।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका-३ का वडाध्यक्ष गजबहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, […]

सम्बन्धित शीर्षक