हुम्ला सर्केगाड–३ का वडाअध्यक्ष सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार ०८:२९

 धन बहादुर भण्डारी

हुम्ला।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका-३ का वडाध्यक्ष गजबहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् ।

वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।अनुसन्धान हुँदा उनीहरुले सरकारलाई हानिनोक्सानी पु¥याउने बदनियतले औषधि खरिद तथा ढुवानीमा भ्रष्टाचार गरेको भेटिएको अख्तियारले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनिसेफ नेपालको आर्थिक सहयोगमा सिमकोटमा पानी परीक्षण प्रयोगशाला स्थापना

११ चैत्र २०७८, शुक्रबार ०८:२९
धन बहादुर भण्डारी हुम्ला।जिल्लामा पहिलो पटक पानी शुद्धीकरण गर्ने प्रविधिको जडान गरिएको छ । यहाँ भन्दा अगाडी पानीको शुद्धिकरण र त्यसको कुनै मापदण्ड नै नगरी प्रयोग गरदै आएका हुम्लीबासी यो मेशिन जोडे पछि शुद्ध पानी पिउन पाउने भएका छन । स्थानीयवासीलाई स्वच्छ र शुद्ध पानी प्रयोगका लागि निकै महँगो उपकरण […]