युनिसेफ नेपालको आर्थिक सहयोगमा सिमकोटमा पानी परीक्षण प्रयोगशाला स्थापना

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार १०:४८

धन बहादुर भण्डारी

हुम्ला।जिल्लामा पहिलो पटक पानी शुद्धीकरण गर्ने प्रविधिको जडान गरिएको छ । यहाँ भन्दा अगाडी पानीको शुद्धिकरण र त्यसको कुनै मापदण्ड नै नगरी प्रयोग गरदै आएका हुम्लीबासी यो मेशिन जोडे पछि शुद्ध पानी पिउन पाउने भएका छन । स्थानीयवासीलाई स्वच्छ र शुद्ध पानी प्रयोगका लागि निकै महँगो उपकरण जडान गरेर जिल्लामै पहिलो पटक प्रयोगशाला स्थापना गरिएको हो ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जिल्लामै पहिलो पटक पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको बताए । उनले भने प्रयोगशाला स्थापनापछि उपभोक्ताले स्वच्छ पानीको उपभोग गर्न पाउने अपेक्षा समेत राखिएको उनले बताए । युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम (वास) का संयोजक जंगबहादुर रोकायाले अब नयाँ बन्ने खानेपानीका योजनाका लागि पानीको प्रयोगशालामा परीक्षण गरेर मात्रै काम अगाडि बडाइने उनले कर्णाली अनलाइन डटकमलाई जानकारी दिए ।

यसबाट खानेपानी आयोजना निर्माण हुनुभन्दा अघि मुहानको पानी परीक्षण गरिनेछ ।उत्तल पानी प्रयोगका लागि योग्य ठहरिए आयोजना निर्माणपछि आरबिटी, इन्टेक र घरमा जडान गरिएका धाराको पानीको पनि प्रयोगका लागि प्रयोगशालाका परीक्षण हुनेछ । यसबाट खानेपानीमा आरसेनिक, इकोली र धमिलोपनाको परीक्षण गर्न सहज हुनेछ ।

यसका लागि युनिसेफले दुई जनालाई प्रयोगशालाको परीक्षण गर्न तालिम प्रदान गरेर खटाएको छ । यस कार्यका लागि स्थापना गरिएको प्रयोगशालाका उपकरणको खरिददेखि जडानसम्म युनिसेफले आर्थिक सहयोग गरेको छ । नयाँ निर्माण हुने र पुराना निर्माण भएर हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको पानीको परीक्षण उपकरणको खरिददेखि जडानसम्म युनिसेफले आर्थिक सहयोग गरेको छ । नयाँ निर्माण हुने र पुराना निर्माण भएर हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको पानीको परीक्षण गरिने छ । प्रयोगशालाको स्थापना गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले अब स्थानीयवासीले शुद्ध र स्वच्छ पानी पिउन पाउने अपेक्षा गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित जुम्लामा एक जना पक्राउ

११ चैत्र २०७८, शुक्रबार १०:४८
जुम्ला।प्रहरीले लागुऔषध ‘ब्राउन सुगर’ सहित एक जनालाई पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका–२ बस्ने १८ वर्षका धर्मेन्द्र भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार लागुऔषध ‘ब्राउन सुगर’ कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। धर्मेन्द्र भण्डारीको शरीर र घरमा तलासी गर्दा दोस्रो तलामा रहेको […]